काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।
यसैगरी आज ३१ जना कोरोना संक्रमणमुक्त हुनुका साथै हाल देशभर ६०५ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा १ हजार ५३९ पीसीआर परीक्षण र १ हजार ७६ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।