कार्यदलले ओलीलाई बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

कार्यदलले ओलीलाई बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

२०७९, पौष २३ शनिवार

  • 1.8K
    SHARES

  • कार्यदलले ओलीलाई बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

    काठमाडौँ । सात दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउनका लागि गठन गरेको समितिले तयार पारेको प्रतिवेदन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको छ।

    कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक रहेका ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका हुन्।

    शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा अर्थमन्त्री पौडेलले ओलीलाई न्यूनतम कार्यक्रमको मस्यौदा बुझाएका हुन्। त्यसक्रममा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु उपस्थित थिए।

    २०७९, पौष २३ शनिवार०७:३३:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार