कोरोना अपडेट: थप २,६३६ जनामा संक्रमण; ४,४८९ संक्रमणमुक्त

कोरोना अपडेट: थप २,६३६ जनामा संक्रमण; ४,४८९ संक्रमणमुक्त

२०७८, आषाढ १५ मंगलवार

  • 837
    SHARES

  • कोरोना अपडेट: थप २,६३६ जनामा संक्रमण; ४,४८९ संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी जम्मा २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोमबार २,४४४ जनामा संक्रमण देखिएको थियो । 

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४,४८९ जना रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

    हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।

    सरकारले आजबाट सार्वजनिक सवारी समेत खुल्ला गरेसँगै संक्रमित बढ्ने चिन्ता विश्लेषकको छ । 

    २०७८, आषाढ १५ मंगलवार०५:२५:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार