प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

२०७८, आषाढ २६ शनिवार

  • 985
    SHARES

  • प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

    हेलम्बु । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन् । 

    प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।

    २०७८, आषाढ २६ शनिवार१२:५९:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार