कोरोना अपडेट : थप १८३१ जनामा संक्रमण, २० को मृत्यु

कोरोना अपडेट : थप १८३१ जनामा संक्रमण, २० को मृत्यु

२०७८, आषाढ २७ आइतवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट : थप १८३१ जनामा संक्रमण, २० को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १,८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै सोही समयमा संक्रमणमुक्त हुनेको संख्या १,५३३ रहेको छ भने २० जनाले मृत्युवरण गरेका छन् । 

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् ।

    २०७८, आषाढ २७ आइतवार०४:५७:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार