सर्वोच्चद्धारा प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला

सर्वोच्चद्धारा प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला

२०७८, आषाढ २८ सोमवार

  • 997
    SHARES

  • सर्वोच्चद्धारा प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला सुनाएको छ ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरेकोे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । यसको पूर्णपाठ केही समयमा आउने अदालतले जनाएको छ ।

    उक्त विवादमा ३० रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो । 

    २०७८, आषाढ २८ सोमवार०१:३७:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार