काठमाडौं । पछिल्लो २४ घण्टामा २,३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३,८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी जम्मा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १,१३३ जना निको भएको मन्त्रालयले जनाएको छ ।