प्रधानमन्त्रीले देशवासीका नाममा दिउँसो २ बजे सम्बोधन गर्ने

प्रधानमन्त्रीले देशवासीका नाममा दिउँसो २ बजे सम्बोधन गर्ने

२०७८, आषाढ २९ मंगलवार

  • 905
    SHARES

  • प्रधानमन्त्रीले देशवासीका नाममा दिउँसो २ बजे सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उनले दिउँसो २ बजे सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हुँदै छन् । उनले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि  छाड्दै छन् ।

    विसं २०७४ फागुन ३ मा नियुक्त भएपछि नेकपा(एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीमा रहेका थिए । यस्तै प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्ने भएपछि एमाले स्थायी कमिटी बैठक पनि स्थगन गरिएको छ ।

    एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज अपराह्न १ बजे बोलाइएको बैठक स्थगन गरिएको जानकारी दिए ।

    यसैबीच एमाले विवाद समाधान कार्यदलले आफ्नो सहमतिका बूँदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको छ ।

    यसअघि सोमबार अध्यक्ष ओलीलाई सो सहमति बुझाइएको थियो । नेता नेपालले पार्टी एकता अघि बढाउन आफू विपक्षी गठनबन्धनबाट अलग भएको जानकारी दिइसकेका छन् । 

    २०७८, आषाढ २९ मंगलवार१२:२३:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार