काठमाडौँ । शेरवहादुर देउवा नेतृत्वको सरकारमा आकर्षक मानिएको गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड गृहमन्त्री बन्ने भएका छन् ।
त्यस्तै कांग्रेसबाटै ज्ञानेन्द्र बहादुर कार्की कानूनमन्त्री बन्दैछन् । त्यस्तै गठबन्धन घटकबाट नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा अर्थ मन्त्रि र पम्फा भुसालले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकी छन् ।
कांग्रेसका प्रमुख सचेतक रहेका खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् ।