नवनियुक्त प्रधानमन्त्री देउवा सहित चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री देउवा सहित चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

२०७८, आषाढ २९ मंगलवार

  • 845
    SHARES

  • नवनियुक्त प्रधानमन्त्री देउवा सहित चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

    राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले आज नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो । 

    सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६९५० अनुसार कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

    त्यसै गरि सोहि समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस नेता बालकृष्ण खाँडलाई गृह, माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थ, नेकपा माओवादी नेतृ पम्फा भूसाललाई उर्जा र कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारीमा पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

    २०७८, आषाढ २९ मंगलवार०९:१५:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार