प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

२०७८, आषाढ ३० बुधवार

  • 889
    SHARES

  • प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उनलाई धन्यवाद दिए ।

    कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हालेका थिए । 

    २०७८, आषाढ ३० बुधवार०४:२४:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार