आज २,९०५ कोभिड बिरामी थपिए, १८ को मृत्यु

आज २,९०५ कोभिड बिरामी थपिए, १८ को मृत्यु

२०७८, आषाढ ३० बुधवार

  • 1.6K
    SHARES

  • आज २,९०५ कोभिड बिरामी थपिए, १८ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा २,९०५ जना कोभिड बिरामी थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३,०२४ जनामा परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा १,६०६ जना संक्रमणमुक्त भएका छन् भने थप १८ जनाको मृत्यु भएको छ । आजको संक्रमण दर २२.३० प्रतिशत रहेको छ ।

    काठमाडौं उपत्यकामा ४२४ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जना संक्रमित थपिएका छन् । 

    २०७८, आषाढ ३० बुधवार०४:४३:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार