प्रम देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास

प्रम देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास

२०७८, आषाढ ३१ बिहिवार

  • 849
    SHARES

  • प्रम देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास

    काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ ।

    नेपाली कांग्रेसको महामन्त्रीसमेत रहनुभएका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृृद्धिको सपना पूरा गर्न वर्तमान सरकार सफल हुने कामना गरेका हुन् ।  

    नेपाली कांग्रेसका सभापति र फाउन्डेसनको संरक्षकसमेत रहेका देउवा मुलुकको प्रधानमन्त्री बनेकामा शुभकामनासहित उनको सफल कार्यकालको कामना पनि गरिएको छ ।

    देउवा मङ्गलबार पाँचौँपटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । सोमबार सर्वोच्च अदालतले कांग्रेस संसदीय दलको नेतासमेत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

    २०७८, आषाढ ३१ बिहिवार०८:२२:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार