काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
बैठकले निषेधाज्ञाको मोडालिटीका बारेमा छलफल गर्ने छ । छोटो दुरीका सार्वजनिक यातायात चलेपनि लामो दुरिका सवारीसाधन सन्चालनका सम्बन्धमा पनि छलफल हुने उनले बताए । उनले भने, ‘लामो दुरीका सवारी साधनबारे पनि छलफल हुन्छ, ‘लामो दुरीका गाडीबारे पनि छलफल हुन्छ, तर के गर्ने भन्ने एकिन छैन ।’
स्रोतका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चलाउन दिनेबारे प्रजिअहरुबीच छलफल भइरहेको छ ।
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ ।
काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ ।