देउवा सरकारद्धारा सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश 

देउवा सरकारद्धारा सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश 

२०७८, आषाढ ३१ बिहिवार

  • 841
    SHARES

  • देउवा सरकारद्धारा सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश 

    काठमाडौं सरकारले आगामी साउन ३ गते सङ्घीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ । 

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे बैठक बोलाउन सिफारिश गरेको हो ।

    बैठकपछि सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने सम्बन्धमा राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिए । 
     
    सर्वोच्च अदालतले यही असार २८ गते गरेको फैसलाअनुसार सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने उल्लेख छ ।

    सर्वोच्चको परमादेशका आधारमा शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार गठन भएसँगै संसद् बैठक बोलाउन लागिएको हो ।

    २०७८, आषाढ ३१ बिहिवार०६:३२:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार