काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २,९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २,००६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने थप १ हजार ७७५ जना निको भएका मन्त्रालयले जनाएको छ ।