एमाले स्थायी कमिटी बैठक आइतबार, केन्द्रीय कमिटी सोमबार

एमाले स्थायी कमिटी बैठक आइतबार, केन्द्रीय कमिटी सोमबार

२०७८, श्रावण २ शनिवार

  • 961
    SHARES

  • एमाले स्थायी कमिटी बैठक आइतबार, केन्द्रीय कमिटी सोमबार

    काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ ।

    ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

    उनले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए ।

    यही साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बोलाइएको छ । उनका पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै  आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ ।

    एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो ।

    शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन । सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो । 

    २०७८, श्रावण २ शनिवार०२:२८:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार