नेकपा एमाले पार्टी एकताका लागि गठन गरिएको कार्यदल भंग 

नेकपा एमाले पार्टी एकताका लागि गठन गरिएको कार्यदल भंग 

२०७८, श्रावण २ शनिवार

  • 2.4K
    SHARES

  • नेकपा एमाले पार्टी एकताका लागि गठन गरिएको कार्यदल भंग 

    काठमाडौ । नेकपा एमाले पार्टी एकताका लागि गठन गरिएको कार्यदल भंग गरिएको छ ।

    श्रावण १ गते बसेको एमाले स्थायी कमिटीको बैठकले कार्यदलले गरेको १० बुॅदे सहमतिलाई विधि सम्मत अनुमोदन गरेको हो । 

    नेता केशव बडालका अनुसार असार २७ गते कार्यदलले १० बुॅदे सहमति वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमै गरेको हो । 

    असार २८ गते आएको सर्वोच्चको फैसला बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओली विस्थापित भइसकेका छन् ।

    एमालेकै माधव समूहका २३ जनाको हस्ताक्षरका कारण अदालतको परमादेश बाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका लागि आदेश दियो । 

    त्यसपछि एमाले जुन आफ्नो पार्टीको अधयक्ष केपी शर्मा ओलीलाई सत्ताबाट बालकोटको बाटो देखाउन सफल भए । तर उनको सफलतालाई ओली पक्षले गद्दारीको उपमा दिएको छ । 

    २०७८, श्रावण २ शनिवार०३:५०:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार