कोरोना अपडेट : थप १,८७५ संक्रमित,२१ जनाको मृत्यु 

कोरोना अपडेट : थप १,८७५ संक्रमित,२१ जनाको मृत्यु 

२०७८, श्रावण २ शनिवार

  • 993
    SHARES

  • कोरोना अपडेट : थप १,८७५ संक्रमित,२१ जनाको मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १,८७५ जना कोरोना संक्रमित थपिएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६६ वटा  नमुना परीक्षण गरिएकोमा १ हजार ८७५ जनाको नतिजा पोजिटिभ आएको छ ।

    ६ हजार ८५८ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३१० र ३ हजार २०८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६५ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा २ हजार १६४ जना संक्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

     

    २०७८, श्रावण २ शनिवार०४:५८:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार