काठमाडौं । पुनस्थापित संसदको पहिलो बैठक आज बस्दैछ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले असार २८ गते पुनःस्थापना गरिदिए पछि आज पहिलो पटक बैठक बस्न लागेको हो ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो चार बजे बस्न लागेको हो । आजको बैठकमा चारवटा कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार राष्ट्रपतिबाट संसद अधिवेशन आह्वावन सम्बन्धि पत्र पढेर सुनाउने, राष्ट्रपति कार्यलयबाट मन्त्रिपरिषद गठन सम्बन्धी पढेर सुनाउने कार्यसुची छन् ।
यसैगरी प्रतिनिधसिभा नियमावली अनुसार अध्यक्षता गर्ने सदस्यहरुको मनोनय गर्नुहुने र अघिल्लो संसद बैठक देखि हालसम्म निधन भएका १२ जना पूर्व साँसदहरुको सम्झनामा श्रद्धान्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ ।