काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १,२२३ र ३,००० जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १,८०१ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यस्तै १,६६७ जना संक्रमणमुक्त भएका छन् ।