काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । आज विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे ।
प्रतिनिधि सभामा हाल कायम सांसद सदस्य संख्या २७१ मध्ये १६५ सांसदले देउवालाई समर्थन गरे । पुर्णकालिन प्रधानमन्त्रीका लागि १३६ मत आवश्यक परे पनि सो संख्यामा मत पाएका हुन् ।
त्यसै गरि उनको विपक्षमा ८३ मत परेको छ भने १ सांसद तटस्थ रहेका थिए । नेकपा एमालेका २१ सांसद मतदानका क्रममा अनुपस्थित रहे ।
प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।