नेपालमा कोरोना संक्रमण बढ्दै; एकै दिन थपिए ३,१०८ संक्रमित र २५ को मृत्यु

नेपालमा कोरोना संक्रमण बढ्दै; एकै दिन थपिए ३,१०८ संक्रमित र २५ को मृत्यु

२०७८, श्रावण ५ मंगलवार

  • 2.5K
    SHARES

  • नेपालमा कोरोना संक्रमण बढ्दै; एकै दिन थपिए ३,१०८ संक्रमित र २५ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय देशभर १३,१३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ भने १, ५९५ जना निको भएका छन् ।

    मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ । तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।

    २०७८, श्रावण ५ मंगलवार०५:०१:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार