कोरोना अपडेट : थप २,७१४ जनामा संक्रमण, २४ को मृत्‍यु

कोरोना अपडेट : थप २,७१४ जनामा संक्रमण, २४ को मृत्‍यु

२०७८, श्रावण ७ बिहिवार

  • 937
    SHARES

  • कोरोना अपडेट : थप २,७१४ जनामा संक्रमण, २४ को मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ अजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ अजार १२२ पीसीआर परीक्षणमा १ हजार ८५५ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी जम्मा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १ हजार २८८ जना संक्रमणमुक्त भएका छन् ।

    हाल नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ भने ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ।

     

    २०७८, श्रावण ७ बिहिवार०५:१४:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार