काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा ३११४ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ९१० नमुना (१० हजार ६२५ पीसीआर र ४२८५ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।
त्यस्तै थप १६ जनाको मृत्यु भएको छ भने २१९७ जना निको भएका छन् ।
काठमाडौं उपत्यकामा शनिबार ६१५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४२१, ललितपुरमा १०८, भक्तपुरमा ८६, कास्कीमा २७१, मोरङमा १६४, ललितपुरमा १०८ र चितवनमा २४८ जना संक्रमित थपिएका छन् ।
यससँगै कूल संक्रमित संख्या ६ लाख ७९ हजार १७, कूल मृत्यु संख्या ९६९५ र कूल निको हुने संख्या ६ लाख ४१ हजार पुगेको छ ।
नेपालमा आजसम्म १३ लाख ६६ हजारले पूर्ण डोज खोप लगाएका छन् । ३३ लाख ७७ हजारले पहिलो डोज लगाएका छन् ।