कोरोना अपडेट : थप २,२३७ जना संक्रमित, १८ को मृत्यु

कोरोना अपडेट : थप २,२३७ जना संक्रमित, १८ को मृत्यु

२०७८, श्रावण १० आइतवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप २,२३७ जना संक्रमित, १८ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८३४ नमुना परीक्षण गरिएकामध्ये पीसीआर परीक्षणमा १ हजार ५३९ जना र एन्टिजेन परीक्षणमा ६९८ गरी जम्मा २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएर घर फर्किएका छन् ।

    हाल नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ भने ९ हजार ७१३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    २०७८, श्रावण १० आइतवार०५:३४:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार