राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल

राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल

२०७८, श्रावण १२ मंगलवार

  • 777
    SHARES

  • राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुभएको छ । 

    आज बिहान अस्पताल पुगी उहाँले नियमित स्वास्थ्य उपचार गर्नुभएको उहाँका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए । “उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो”, ढकालले भने, “राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।” 

    राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट रहनुभएको थियो । 

    २०७८, श्रावण १२ मंगलवार०१:५३:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार