निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत, अर्को बैठक साउन १५ गते दिनको १ बजे बस्दै

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत, अर्को बैठक साउन १५ गते दिनको १ बजे बस्दै

२०७८, श्रावण १२ मंगलवार

  • 925
    SHARES

  • निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत, अर्को बैठक साउन १५ गते  दिनको १ बजे बस्दै

    काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गरिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका हुन् । सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

     शोक प्रस्ताव पारित

    सभाले पूर्वप्रतिनिधिसभा सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनको निधनप्रति सभामा एक मिनेट मौनधारणसहित शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गरियो । बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट ग-यो  । 

    आमनिर्वाचन २०४८ सालमा तत्कालीन जनमोर्चाका तर्फबाट सिरहा क्षेत्र नं ५ बाट निर्वाचित ७५ वर्षीय तामाङको गत जेठ २० गते उपचारका क्रममा निधन भएको थियो ।

    यसअघि बैठकमा  स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाए ।

    प्रतिनिधिसभाको अर्को बैठक यही साउन १५ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

    २०७८, श्रावण १२ मंगलवार०३:२७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार