काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन् ।
१७ हजार ५१८ जनाको पीसीआर परीक्षणमा २ हजार ७२६ जना र एन्टिजेन परीक्षणमा १ हजार १७३ जना संक्रमित थपिएका हुन् ।
हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना संक्रमित भइसकेका छन् ।
यही अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् भने कूल संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् ।
कोभिड–१९ को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।