गृहमन्त्री खाणद्वारा गण्डकी प्रदेश प्रमुखलाई बधाई

गृहमन्त्री खाणद्वारा गण्डकी प्रदेश प्रमुखलाई बधाई

२०७८, श्रावण १३ बुधवार

  • 945
    SHARES

  • गृहमन्त्री खाणद्वारा गण्डकी प्रदेश प्रमुखलाई बधाई

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । 

    नवनियुक्त प्रदेश प्रमुख गुरुङलाई आज बिहान भेटेर गृहमन्त्री खाणले सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

    नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नवनियुक्त प्रदेश प्रमुख गुरुङ चितवन निवासी हुन् ।

    २०७८, श्रावण १३ बुधवार१२:५०:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार