कोरोना अपडेट : थप ३३६५ जनामा संक्रमण, १६ को मृत्यु

कोरोना अपडेट : थप ३३६५ जनामा संक्रमण, १६ को मृत्यु

२०७८, श्रावण १४ बिहिवार

  • 957
    SHARES

  • कोरोना अपडेट : थप ३३६५ जनामा संक्रमण, १६ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन् ।

    आज थपिएकासँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ । तीमध्ये ९ हजार ८०७ जनाको मृत्यु भएको छ भने ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।

    २०७८, श्रावण १४ बिहिवार०५:५०:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार