काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७८३ पीसीआर परीक्षणमा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षणमा १ हजार १४४ गरी कुल ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएर घर फर्किएका छन् ।