पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

२०७८, श्रावण १७ आइतवार

  • 981
    SHARES

  • पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

    मान्म । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

    आज बिहान १०ः०० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

    “सडक विभाग तथा स्थानीय तहयसँग समन्वय गरी राजमार्ग खुलाउने पहल भइरहेको छ”, उनले भने, “आज साँझसम्म राजमार्ग खुलाउने तयारी भएको छ ।”

    राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत तथा नेपालगञ्ज आउने र सुर्खेतबाट जुम्ला जाने मालबाहक सामान बोकेका ट्रक तथा यात्रु बोकेका सवारी साधन अलपत्र परेका स्थानीयवासी स्थानीय राजबहादुर मल्लले जानकारी दिए । 

    २०७८, श्रावण १७ आइतवार०२:१०:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार