कोरोना अपडेट : थप २,५६८ जनामा संक्रमण, १८ को मृत्‍यु

कोरोना अपडेट : थप २,५६८ जनामा संक्रमण, १८ को मृत्‍यु

२०७८, श्रावण १७ आइतवार

  • 825
    SHARES

  • कोरोना अपडेट : थप २,५६८ जनामा संक्रमण, १८ को मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी कुल २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २ हजार २० जना निको भएका मन्त्रालयले जनाएको छ ।

    २०७८, श्रावण १७ आइतवार०४:४८:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार