काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षमा ८४६ जना गरी जम्मा ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।