काठमाडौं । काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।
आज बसेको तीन जिल्लाका सीडीओको बैठकले यस्तो निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

