काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
आयोगको अध्यक्षमा चितवन महानगरपालिकाको प्रमुखमा प्रचण्ड पुत्री रेणु दाहालद्धारा पराजित देवी ज्ञवाली रहेका थिए ।
आयोग विघटनलाई लिएर एमाले नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले कम्फोर्टेवल सरकारको चाँडै नासहुने बताएका छन् ।
उनले देउवा सरकार भूमिहिन जनताको पक्षमा नरहेको समेत जिकिर गर्दै सामाजिक संजालमा लेखेका छन्, 'भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरिएछ । भूमि समस्याबाट पीडित जनता र भूमिहीन सुकुम्बासीको पक्षमा देउवा सरकार न रहेको पुष्टि भएको छ। धन्य हो ! गठबन्धन । छिटै नाश हुने छ । जनताले बुझ्ने छन् कम्फर्टेबल सरकार ।'