आजबाट निषेधाज्ञामा थप कडाई, काठमाडौैँ उपत्यकामा सभा सम्मेलन गर्न नपाइने

आजबाट निषेधाज्ञामा थप कडाई, काठमाडौैँ उपत्यकामा सभा सम्मेलन गर्न नपाइने

२०७८, श्रावण २० बुधवार

  • 1.1K
    SHARES

  • आजबाट निषेधाज्ञामा थप कडाई, काठमाडौैँ उपत्यकामा सभा सम्मेलन गर्न नपाइने

    काठमाडौं । पछिल्ला केही दिनयता कोभिड–१९ को सङ्क्रमणदर बढरिहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

    प्रशासनले मंगलवार सूचना जारी गर्दै कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका अवस्थामा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।

    भीडभाडजन्य गतिविधिले सङ्क्रमणदर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ ।

    सो सूचनामा भनिएको छ, “जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी भीडभाडजन्य गतिविधि गरे-गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारवाही हुनेछ ।”

    पछिल्लो समय सङ्क्रमणदर बढ्दै गएपछि अस्पतालहरुमा आइसीयू, भेन्टिलेटरजस्ता आकस्मिक सेवामा शय्या भरिन थालेको भन्दै त्यसलाई बढ्न नदिन सबै पक्ष र समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि सूचनामा भनिएको छ ।

    २०७८, श्रावण २० बुधवार०७:३६:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार