नेता खनालको सफल मिर्गौला प्रत्यारोषण

नेता खनालको सफल मिर्गौला प्रत्यारोषण

२०७८, श्रावण २० बुधवार

  • 885
    SHARES

  • नेता खनालको सफल मिर्गौला प्रत्यारोषण

    काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

    उनका अनुसार नेता खनालको अस्पतालका सर्जन डा सन्दीप गुलरियाको नेतृत्वको टोलीले प्रत्यारोपण गरेका हुन् । अस्पतालमा नेता खनालको नेफ्रोलोजिष्ट डा अखिल मिश्राको नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

    ज्वरो नघटेको, पिसाब तथा रगतमा इन्फेक्सन र हेमोग्लोबिनको मात्रा कमी देखिएपछि थप उपचारका लागि पूर्वप्रधानमन्त्री खनाललाई गत असार २ गते नयाँदिल्ली लगिएको थियो । 

    २०७८, श्रावण २० बुधवार०५:५२:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार