कोरोना अपडेट : थप ३,२१८ जना संक्रमित, १९ को मृत्यु

कोरोना अपडेट : थप ३,२१८ जना संक्रमित, १९ को मृत्यु

२०७८, श्रावण २३ शनिवार

  • 921
    SHARES

  • कोरोना अपडेट : थप ३,२१८ जना संक्रमित, १९ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षणमा ३ हजार २१८ जनाको नतिजा पोजिटिभ आएको हो । 

    ८ हजार ८६६ नमुनाको पीसीआर परीक्षणमा २ हजार २३१ र चार हजार ७०७ नमुनाको एन्टिजेन परीक्षणमा ९८७ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ७२२ जना निको भएका छन् भने हालसम्मको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको मन्त्रालयले जनाएको छ ।

    २०७८, श्रावण २३ शनिवार०५:३१:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार