काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ६ पीसीआर परीक्षणमा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षणमा ७ सय ८७ गरी जम्मा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
यसैगरी पछिल्लो २४ घण्टामा ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।