काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षणमा ४ सय १९ गरी कुल २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।