खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह

खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह

२०७८, श्रावण ३२ सोमवार

  • 809
    SHARES

  • खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । 

    केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए । 

    विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन अनलाइन फाराम भरी म्यानपावर कम्पनीलाई शुल्क बुझाउनु परेको गुनासो प्राप्त भएकाले त्यसो नगर्न अनुरोध गरिएकोे र  शुल्क लिनेउपर कडा कारवाही गरिने  पनि विज्ञप्तिमा उल्लेख छ ।  

    २०७८, श्रावण ३२ सोमवार०२:३८:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार