काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पीसीआर परीक्षणमा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षणमा ८८५ गरी जम्मा ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।