काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय ६५ पीसीआर परीक्षणमा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षणमा ८ सय १८ गरी जम्मा ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९२९ जना निको भएका छन् ।