अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

२०७८, भाद्र २ बुधवार

  • 1.0K
    SHARES

  • अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

    काठमाडौँ । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडौँ ल्याइएको छ । 

    उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    २०७८, भाद्र २ बुधवार११:०४:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार