कांग्रेस नेता गिरीको भारतमा उपचार हुँदै

कांग्रेस नेता गिरीको भारतमा उपचार हुँदै

२०७८, भाद्र ३ बिहिवार

  • 817
    SHARES

  • कांग्रेस नेता गिरीको भारतमा उपचार हुँदै

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनलाई भर्ना गरिएको उनको परिवारिक स्रोतले जनाएको छ ।

    घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई गएका हुन् । उनको स्वास्थ्यावस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई गएका उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । 

    उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरीबीच उपचारबारे सल्लाह भएको बताइएको छ ।  “ भोलि शुक्रबार निधिले गिरीलाई भेटेपछि उहाँको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ”, दाहालले भने । 

    २०७८, भाद्र ३ बिहिवार०२:४१:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार