शैक्षिक विकासका लागि रु १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा

शैक्षिक विकासका लागि रु १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा

२०७८, भाद्र ४ शुक्रवार

  • 2.1K
    SHARES

  • शैक्षिक विकासका लागि रु १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

    उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गरेका हुन् ।

    निर्माणाधीन सो वडास्थित भिराडिल खाइके साकुरा पार्क अवलोकनपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । उनले भने, “यो धर्तीमा काम नलाग्ने कुनै पनि त्यस्तो मानिस, वस्तु वा ठाउँ हुँदैन, त्यसको उदाहरण यो पार्क हो ।”

    २०७८, भाद्र ४ शुक्रवार०३:२१:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार