काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षणमा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षणमा ९६३ जना गरी जम्मा ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २४४ जना निको भएका मन्त्रालयले पुष्टि गरेको छ ।