जापानबाट दुई लाख डोज अष्ट्राजेनेका खोप आइपुग्यो

जापानबाट दुई लाख डोज अष्ट्राजेनेका खोप आइपुग्यो

२०७८, भाद्र ५ शनिवार

  • 809
    SHARES

  • जापानबाट दुई लाख डोज अष्ट्राजेनेका खोप आइपुग्यो

    काठमाडौँ । जापानले दिएको २ लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापान सरकारको सहयोगमा कोभ्याक्समार्फत् उक्त खोप शनिवार बिहान कतार एयरलाइन्सबाट नेपाल आइपुगेको हो।

    यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो। बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने बताइएको छ । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिने छ ।

    शनिवार आएको खोप प्रदेश १ र २ का पहिलो डोज लगाएर बसेका ६५ वर्ष माथिकालाई लगाइने बताइएको छ । 

    २०७८, भाद्र ५ शनिवार०२:२०:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार